इप्रका मंगलापुरको भवन मर्मतमा लागे युवाहरू


तिलोत्तमा– जेनजीको आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीबाट क्षतिग्रस्त भएको इलाका प्रहरी कार्यालय, मंगलापुरको पुनर्निर्माणमा युवाहरु जुटेका छन् । तिलोत्तमा गाइजका युवाहरुले तिलोत्तमा नगरपालिका केवालानीमा रहेको इलाका प्रहरी कार्यालय मंगलापुर मर्मत तथा पुनर्निर्माणमा जुटेका हुन् ।
उनीहरूले प्रहरी कार्यालयलाई चाहिने लत्ता कपडा, फर्निचरका सरसामान, रंगरोगन तथा भौतिक निर्माणसम्मको काम अगाडि बढाएको संयोजक पुजन केसीले बताए । जेनजीको प्रदर्शनका क्रममा सो प्रहरी कार्यालयमा तोडफोड र आगजनी भएको थियो । जसकारण कार्यालयमा रहेको २१ जना प्रहरीको लत्ता कपडा, युनिफर्म, कागजपत्र, प्रहरीको गाडी, व्यक्तिगत ३ वटा मोटरसाइकल, भवनको झ्याल ढोका, इलेक्ट्रिक सामान, सिसि टिभी, कम्प्युटर, फर्निचर, फर्निशिङ, रंगरोगनमा समेत ठुलो क्षति भएको छ । कार्यालय तयार नभए पछि अहिले प्रहरीले नियमित काम समेत गर्न अफ्ठ्यारो भएको छ ।
अहिले भने तिलोत्तमा गाइजसँगै आएका युवाहरु मिलेर सबै भत्किएको संरचना डेण्टिङ्ग पेण्टिङ्गसहित निर्माणको काम अगाडि बढाइएको तिलोत्तमा गाइजका संयोजक केसीले बताए । धेरै ठाउँबाट निस्वार्थ रुपमा सहयोग आएको छ । सबैको सहयोगले सो प्रहरी कार्यालय पुरानै अवस्थामा ल्याउन खटिरहेको प्रहरीले जनाएको छ । सो पुनर्निर्माण तथा पुनःडेकोरेशनपछि इलाका प्रहरी कार्यालयमा कार्यरत प्रहरीहरु आएर बसेको र सेवा सुचारु गर्न तयार रहेका छन् । तिलोत्तमा गाइजले विभिन्न संघसंस्थाको सहयोग तथा आफ्नै सहयोगमा सो मर्मत तथा सम्भारको काम गरेको हो ।








प्रतिकृया दिनुहोस्