June 13, 2026, Saturday
२०८३ जेष्ठ ३० शनिबार

जेनजी आन्दोलनका क्रममा मृत्यु हुनेको संख्या ५१

Advertisement

भैरहवा– जेनजी आन्दोलनका क्रममा मृत्यु हुनेको संख्या ५१ पुगेको नेपाल प्रहरीले जनाएको छ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी विनोद घिमिरेले मृतकको संख्या ५१ पुगेको जनाएका छन् ।

Advertisement

उनका अनुसार काठमाडौं उपत्यकामा मृतक भएकादेखि राजधानी बाहिर अन्य जिल्लाहरुमा पनि मृतकको संख्या जोडेर मृतकको संख्या ५१ पुगेको हो । मृत्यु हनेमा ३ प्रहरी, एक भारतीय महिलासहित ५१ जना छन् ।

आन्दोलनको पहिलो दिनको प्रदर्शनको क्रममा मृत्यु हुनेको संख्या २१ थियो । कैदीमात्रै ९ जना मारिएका छन् भने बाल सुधार गृहमा ५ जना मृत अवस्थामा भेटिएका हुन् । कतिपय जलेको मृत अवस्थामा भेटिएका थिए ।