सुरक्षाकर्माी भन्छन्– हाम्रो तैनाथी कम संख्यामा रह्यो

भैरहवा– जेनजी आन्दोलनको क्रममा भैरहवास्थित नेपाली कांग्रेसको पार्टी कार्यालयमा सोमबार मध्यान्ह तोडफोड र ढुंगामुढा प्रहार भएपछि सुरक्षार्थ खटिएका सुरक्षाकर्मीको भूमिकालाई लिएर विभिन्न प्रश्न उठेको छ ।
धेरैको मनमा लागेको छ, सुरक्षाकर्मीको सामुन्नेमैं आन्दोलनमा सहभागीको हुलले पार्टी कार्यालयमा तोडफोड र ढुंगामुढा कसरी गर्यो ? ढुंगामुढा भैरहँदा तैनाथ सुरक्षाकर्मीको भूमिका के रह्यो ?
कतिपयले त पार्टी कार्यालय र पार्टी कार्यालय परिसरमा राखिएका विभिन्न सवारी साधनमा तोडफोड भैरहँदा सुरक्षाकर्मी मुकदर्शक भएर बसेको आरोप समेत लगाएका छन् ।
आखिर बास्तविकता के हो त ? पब्लिक कुराले यसबारेमा त्यहाँ सुरक्षार्थ खटिएका सुरक्षाकर्मीसँग कुरा गर्दा सुरक्षाकर्मीले आफ्नो तैनाथी समूहको संख्या कम भएको र ढुंगामुढा प्रहार गर्ने जमात धेरै भएकोले क्षती हुनबाट जोगाउन नसकिएको बताएका छन् ।
सुरुमा आन्दोलनमा सहभागीको जमात पार्टी कार्यालयको गेटबाट भित्र जान लाग्दा सुरक्षाकर्मीले रोक्न खोजे पनि अर्को ठूलो जमात पार्टी कार्यालयको उत्तरी पर्खाल क्षेत्रबाट आएर तोडफोड गरेको यहाँबाट सुरक्षार्थ खटिएका नेपाल प्रहरीका प्रहरी निरीक्षक पीआर रोकायाले बताए ।
‘ढुंगामुढा गर्ने जमात झण्डै ३ सयको संख्यामा थियो भने हामी जम्मा ३०–३५ जनाको समूहमा’, रोकायाले भने, ‘हामीले एकातिर रोक्न खोज्थ्यौं, अर्को समूह अर्को दिशाबाट तोडफोड गथ्र्यो ।’ काँग्रेस नेताहरुका अनुसार तोडफोड हुने आशंकाका प्रहरी प्रदर्शनकारी भन्दा पहिला नै काँग्रेस पार्टी कार्यालय पुगेका थिए । सुरुमा थोरै प्रदर्शनकारी आएका थिए । उनीहरुलाई प्रहरीले रोके । तर, त्यसपछि एक्कासी ठूलो समूह आएर तोडफोड गरेको हो ।
जेनजी प्रदर्शनले उग्ररुप लिन थालेपछि रूपन्देहीमा कर्फ्यू आदेश जारी
रूपन्देहीमा ठूला दलका पार्टी कार्यालय र नेताका ४ गाडी तोडफोड
प्रतिकृया दिनुहोस्