June 13, 2026, Saturday
२०८३ जेष्ठ ३१ आईतवार

भारतीय केराको आयात रोक्न माग गर्दै किसान काठमाडौंमा

Advertisement

भैरहवा– सरकारले फलफूलमा भन्सार घटाएर भारतबाट केरा आयात सहज तुल्याएपछि मर्कामा परेको जनाउँदै मुलुकभरका केरा कृषक काठमाडौं पुगेका छन् । सरकारी निर्णयका कारण मर्कामा परेकाले सच्याउन दबाब दिने उद्देश्यले उनीहरु संघीय राजधानी पुगेका हुन् ।

Advertisement

यसअघि केरा खेती हुने तराईका जिल्लास्थित किसानले आफ्नो पिरमर्का समेटेर प्रमुख जिल्ला अधिकारीमार्फत् सरकारलाई ज्ञापनपत्र बुझाएका थिए । उनीहरुले भारतीय केरा निर्वाध भित्रिन थालेपछि आफूले उत्पादन गरेका केरा बारीमै कुहिन थालेको पीडा पोखेका थिए । तत्काल भारतीय केरा आयातमा गरिएको खुकुलोपन सुधार गर्न माग गरेका थिए ।

केरा व्यवसायी संघ चितवनका पूर्व अध्यक्ष लक्ष्मण सुवेदीले संघीय संसदको कृषि समितिले छलफलका लागि बोलाएकाले प्रतिनिधिमूलक ढंगले मुलुकभरका किसान काठमाडौं पुगेको जानकारी थिए । यसअघि कृषि मन्त्रीलाई पटक–पटक भेटे पनि माग सुनुवाई नभएपछि समिति गुहारेको उनले बताए । उनका अनुसार चितवन, नवलपरासी, पश्चिम नवलपरासी, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरबाट किसान काठमाडौं पुगेका छन् ।