रोटरी क्लब अफ सेन्ट्रल लुम्बिनीद्वारा वृद्धाश्रममा सहयोग र नियमित बैठक


भैरहवा– रोटरी क्लब अफ सेन्ट्रल लुम्बिनीले आफ्नो ४२२ औं नियमित बैठक बृद्धाश्रममा सम्पन्न गरेको छ । बृद्धाश्रममा रहेका बृद्धबृद्धाहरुको मनोबल उच्च गराउने उद्देश्यसहित क्लबले बैठक गरेको हो ।
भैरहवा–परासी रोडस्थित ओमसतिया गाउँपालिकाको बालापुरमा रहेको सत्य साई वृद्ध सेवा आश्रम बैठक गरिएको हो । कुशे औंशी तथा बुवाको मुख हेर्ने दिनको अवसरमा क्लबका सदस्यहरूले आश्रममा बसोबास गर्दै आएका बद्धबृद्धाहरुलाई खाद्यान्न, किराना सामाग्री, दोसल्ला र दक्षिणा समेत हस्तान्तरण गरेका थिए ।
क्लबका अध्यक्ष विष्णु शर्माले सेवा परियोजनासँगै नियमित बैठक सम्पन्न गर्न पाउनुमा खुशी व्यक्त गर्दै वृद्ध व्यक्तिहरूको आशीर्वाद क्लबका प्रत्येक सदस्य र परिवारमा कल्याण ल्याउने विश्वास व्यक्त गरे । उनले सबै सदस्यलाई योगदानका लागि धन्यवाद दिँदै कुशे औंशी तथा बुवाको मुख हेर्ने दिनको नेपाली सांस्कृतिक महत्वबारे आफ्ना विचार राखे ।
सत्य साई वृद्ध सेवा आश्रमकी संयोजक माया खरेलले रोटरी क्लब अफ सेन्ट्रल लुम्बिनीको मानव सेवाप्रतिको योगदानप्रति आभार प्रकट गरिन् । कार्यक्रममा पूर्व अध्यक्ष कृष्णप्रसाद पाण्डेले पर्वको सांस्कृतिक महत्वबारे प्रकाश पारेका थिए भने चार्टर अध्यक्ष विमल सेनचुरीले धन्यवाद ज्ञापन गरेका थिए । विशेष अतिथि चोपलाल पाण्डेले मानव सेवामा रोटेरियनहरूको संलग्नता प्रशंसनीय रहेको बताए ।
कार्यक्रममा पूर्वअध्यक्ष हिराबहादुर शाह, पूर्वअध्यक्ष प्रेम शर्मा, पूर्वसचिव गंगाधर भण्डारी, कोषाध्यक्ष उपेन्द्र यादव, रोटेरियन सुनील सेठीया, राम थापा, राजेश अग्रहरी, शान्ति शर्मा, स्वेता बडाल लगायत उपस्थित थिए । कार्यक्रमको संचालन क्लबका सचिव बासु बडालले गरेका थिए ।








प्रतिकृया दिनुहोस्