July 12, 2026, Sunday
२०८३ असार २८ आईतवार

थुनामुक्त गर्न माग गर्दै रविले दिए रूपन्देही अदालतमा निवेदन

Advertisement

भैरहवा– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले थुनामुक्त गर्न माग गर्दै रूपन्देही जिल्ला अदालतमा निवेदन दिएका छन् । सहकारी ठगी, संगठित अपराध, सम्पत्ति शुद्धिकरण लगायत अभियोगमा लामिछाने चैत २५ गतेदेखि रुपन्देही कारागारमा थुनामा रहेका छन् ।

Advertisement

आफूलाई राजनीतिक प्रतिशोधका आधारमा थुनामा राखिएको भन्दै लामिछानेले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६८ र ७१ अनुसार बैंक जमानतमा रिहा गर्न माग गरेका हुन् । रविले सहकारी ठगीमा आफू संलग्न नरहेको र आफ्नो भागको बिगो बराबर रकम बैंक जमानत राखेर रिहा हुन पाउनुपर्ने माग सहित निवेदन दर्ता गराएका हुन् ।

लामिछानेको सचिवालयले १९ साउनमा अदालतमा निवेदन दिएको भए पनि यो विषय तीन दिनसम्म सार्वजनिक नगरी गुपचुप राखिएको थियो । रास्वपा रुपन्देहीका सभापति डा. बुद्धिप्रसाद शर्माले लामिछानेले थुनामुक्त हुन निवेदन दिएकाबारे चार दिनपछि बिहीबार (आज) मात्रै थाहा पाएको बताए । रुपन्देहीबाट काठमाडौं कारागार सर्न खोजे पनि गृह मन्त्रालयले रोकेको छ ।