July 12, 2026, Sunday
२०८३ असार २८ आईतवार

लोहनी भन्छन्– प्रधानमन्त्रीको घोषणा झुट र हावादारी गफ

Advertisement

राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका पूर्वअध्यक्ष डा प्रकाशचन्द्र लोहनीले प्रधानमन्त्री केपी शर्मा ओलीले अर्को हावादारी गफ गरेको बाएका छन् । केही दिनअघि मधेसको सुक्खाक्षेत्रको भ्रमणपछि प्रधानमन्त्रीले ५०० डिप बोरिङ गर्ने घोषणा गरेका थिए ।

Advertisement

सामाजिक सञ्जाल फेसबुकमा लोहनीले बिहीबार लेखेका छन्, ‘प्रधानमन्त्री केपी शर्मा ओलीजी  सुक्खा क्षेत्रको भ्रमणपछि अब नेपाल सरकारले ५००  डिप   बोरिङ गर्ने घोषणा  गर्नुभयो । यो अर्को झुट र हावादारी गफ हो  । नेपाल सरकार ले ८०/८१ मा  जम्मा ६ वटा  डिप  बोरिङ  निर्माण गरेर ३०० हेक्टरमा सिचाइँ गर्ने भनेको थयो ।   अब अचानक ५०० बोरिङ  गरेर ३०००० हेक्टरमा सिँचाइको घोषणा बारे के भन्ने ?’

उनले यो राजनैतिक  भ्रष्टाचार र जनताको जिन्दगीसँग खेलबाड भएको टिप्पणी गर्दै ‘के यही तपाईंको अग्रगमन हो ?’ भनेर प्रश्न समेत गरेका छन् ।