समाजवादी प्रेस संगठन रूपन्देहीद्वारा बुटवलमा दुईदिने पर्यटन पत्रकारिता कार्यशाला


बुटवल– बुटवल उपमहानगरपालिकासँगको सहकार्यमा समाजवादी प्रेस संगठन नेपाल, रुपन्देहीले पर्यटन पत्रकारिता क्षमता अभिबृद्धि कार्यशाला गरेको छ । तीन तहकै सरकारले पर्यटनमार्फत समृद्धिको यात्रामा जाने नीति लिएको अवस्थामा पत्रकारिता क्षेत्रले उठाउनुपर्ने मुद्दाका सवालमा अन्तरक्रियात्मक रुपमा कार्यशाला गरिएको हो । कार्यशालाको उद्घाटनसत्रमा बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले बुटवलबाट पर्यटनको केन्द्रका रुपमा विकास गर्ने योजनामा रहेको बताए ।
उनले आन्तरिक पर्यटकीय क्षेत्रको विकासमा उपमहानगरले पूर्वाधार निर्माणसँगै प्राकृतिक सौन्दर्यता कायम गर्ने काम गरिरहेको बताउँदै अब बुटवलबाट अन्य क्षेत्रमा जाने केन्द्रका रुपमा विकास गर्न सकिने बताए । उनले बुटवलबाट हिन्दु धर्माम्बलम्बीहरुको आस्थाको केन्द्र मुक्तिनाथ र बुद्धजन्मस्थल लुम्बिनी, ढोरपाटन, केरला नाका र गण्डकी र लुम्बिनीका पर्यटकीय स्थलहरुसम्म जाने विश्रामस्थलका रुपमा विकास गरिने जनाए ।
उनले बुटवल पर्यटकीय विश्रामस्थल बन्ने प्रशस्त आधार भएको बताउँदै यसका लागि स्थानीय सरकारले विभिन्न पहलहरु गरेको बताए । नगरप्रमुख पाण्डेयले भारतीय पर्यटकलाई लक्षित गरी मुक्क्तिनाथसम्म लैजानका लागि बुटवल केन्द्र बन्नसक्ने बताए । यस्तै उनले उपमहानगरले बुटवल क्षेत्रको पर्यटकीय स्थलहरुको विकासमा काम गरिरहेको जनाए । बुटवलबाट बसन्तपुर र नुवाकोटमा बनेका केवलकार, सेनकालिन गिष्मकालिन दरबार, अग्रेजहरुलाई हराएको जितगढी किल्लाको विकास, युद्धकालिन सग्रालय, पार्कहरुको निर्माण, तिनाउ नदीमा ड्याम निर्माण गरेर प्राकृतिक सौन्दर्यता बढाउने काम गरिरहेको बताए । उनले बुटवलका पर्यटकीय सम्भावना, यहाँको आवश्यकता र ऐतिहासिक महत्वलाई सञ्चारक्षेत्रले उजागर गर्नुपर्नेमा जोड दिए ।
यस्तै, उपमहानगरका उपप्रमुख सावित्रादेवी अर्यालले बुटवललाई पर्यटकीय विश्रामस्थलका रुपमा विकास गर्ने गरी लागि परेको बताइन् । उनले मुक्तिनाथ जाने पर्यटकहरुको मुख्य केन्द्र नै बुटवल बनाउनुपर्ने त्यसका लागि आफूहरुले पहल गरिरहेको बताईन । उनले मिडिया क्षेत्रले आलोचना पनि गर्नुपर्ने बताउँदै सम्भावनाका बिषयहरु उजागर गर्नुपर्ने बताए ।
कार्यशालाका अवसरमा पर्यटन र मिडियाका सन्दर्भममा समाजवादी प्रेस संगठन नेपालका केन्द्रीय अध्यक्ष तथा दृष्टि साप्ताहिकका सम्पादक शम्भु श्रेष्ठले पर्यटनले व्यक्तिको मनलाई आर्कषित गर्नुपर्ने बताए । उनले बुटवलमा विश्वविजेता भनेर विश्वमा चिनिएको अग्रेज फौज हारेको जितगढी किल्ला, ऐतिहासिक सिद्धबाबा, रामापिथेक, गिष्मकालिन सेन वंशिय दरबार जस्ता स्थलहरु रहेकाले यी विश्वपर्यटनको आधार हुनसक्ने बताए ।
उनले नेपाली पत्रकारिता क्षेत्रले पर्यटकीय सवालहरुलाई प्राथमिकता दिन सक्दा त्यसले पर्यटकहरुलाई आर्कषित गर्ने सक्ने बताए । कार्यशाला उद्घाटनसत्रमा समाजवादी प्रेस संगठन नेपालका केन्द्रीय उपाध्यक्ष हृदय भुसाल, नेपाल पत्रकार महासंघ लुम्बिनीका उपाध्यक्ष मिना ढकाल, नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष दिनेश पाण्डे, फोटो पत्रकार महासंघ लुम्बिनीका अध्यक्ष हरिष ढकाल, प्रेस युनियन रुपन्देहीका सभापति कविन्द्र नेपाल, प्रेस चौतारी नेपाल रुपन्देही अध्यक्ष भगवती पाण्डे, प्रेस सेन्टर नेपाल रुपन्देहीका उपाध्यक्ष माया केसी, प्रगतीशिल पत्रकार संघ नेपाल रुपन्देहीका अध्यक्ष विरेन्द्र कुँवर, जनपत्रकार संगठन रुपन्देही अध्यक्ष विनोद खनाल, समाजवादी प्रेस संगठन रुपन्देहीका अध्यक्ष विनोद परियारले पर्यटन र पत्रकारिताका सवालमा आआफ्नो धारणा राखे ।
कार्यशालामा लुम्बिनी पर्यटन परिषदका कार्यकारी निर्देशक रामु जोशी, कान्तिपुर दैनिक लुम्बिनी ब्यूरो प्रमुख दीपेन्द्र बडुवाल, बुटवल उद्योग बाणिज्य संघका उपाध्यक्ष विमलराज भट्टराई, नाट्टा लुम्बिनी अध्यक्ष चन्द्र थापा, संगठनका महासचिव तथा रातोपाटीका पत्रकार रोहित दाहाल, कोषाध्यक्ष तथा सौर्यदैनिकका पत्रकार भरतराज पोख्रेलले प्रस्तुती राखेका थिए । बुटवल क्षेत्रका पत्रकारहरु तथा अन्य सरोकारवालाहरुको सहभागितामा कार्यशाला गरिएको संगठनका उपाध्यक्ष पुनहरी बेल्बासेले जानकारी दिए । कार्यशाला शुक्रबार र शनिबार गरिएको हो ।








प्रतिकृया दिनुहोस्