May 27, 2026, Wednesday
२०८३ जेष्ठ १४ बिहीबार

शौचालयमा लडेर प्रचण्ड घाइते, अवस्था सामान्य

Advertisement

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ घाइते भएका छन् । उनी गएराति खुमलटारस्थित निवासको शौचालयमा लडेर घाइते भएको पारिवारिक स्रोतले जनाएको छ।

Advertisement

उनको टाउको र निधारमा चोट लागेको छ। उनलाई उपचारका लागि मेडिसिटी अस्पतालमा लगिएको थियो। टाँचा तथा अन्य उपचार गरी उनी डिस्चार्ज भएको र अवस्था सामान्य रहेको पारिवारिक स्रोतको भनाई छ।

‘हिजोराति सुत्नुअघि शौचालयमा जाँदा सामान्य ठोकिनुभएको हो । उहाँ हिँडेरै मेडिसिटी अस्पताल जानुभएको हो । अहिले आफ्नै निवासमा भेटघाटमा व्यस्त हुनुहुन्छ’, स्वकीय सचिव गोविन्द आचार्यले भने ।