May 27, 2026, Wednesday
२०८३ जेष्ठ १४ बिहीबार

रूपन्देहीमा लुम्बिनी प्रदेशस्तरीय ग्याष्ट्रो सम्मेलन हुँदै

Advertisement

भैरहवा– रुपन्देहीमा लुम्बिनी प्रदेशस्तरीय ग्याष्ट्रो सम्मेलन हुने भएको छ । बुटवलमा रहेको ग्याष्ट्रो सेन्टर बुटवल र बीएलके म्याक्स हस्पिटल दिल्लीको संयुक्त आयोजनमा प्रदेशस्तरीय ‘प्रथम ग्याष्ट्रो एण्ड लिभर अपडेट २०२५’ (ग्याष्ट्रो सम्मेलन) हुने भएको हो । तिलोत्तमा कोटिहवामा रहेको टाइगर प्यालेसमा बैशाख १३ गते शनिवार ग्याष्ट्रो सम्मेलन हुने भएको हो ।

Advertisement

सम्मेलनमा रुपन्देही, गुल्मी, पाल्पा, अघांखांची, दाङ, प्युठान, नवलपरासी, कपिलवस्तु लगायतका जिल्लाबाट एकसय भन्दाबढी विशेषज्ञ चिकित्सकहरुको सहभागिता रहने पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो ।

ग्याष्ट्रो सम्मेलनमा विशेषज्ञ चिकित्सकहरूले विभिन्न विधामा आ–आफ्नो अनुभव, नयाँ प्रविधि र उपचार पद्धती, मन्थन तथा अन्तरक्रिया गर्ने कार्यक्रम संयोजक पेट, आन्द्रा, कलेजो तथा वरिष्ठ ग्याष्ट्रोलोजिष्टि डा.मोहन भुसालले बताए । पछिल्लो समयमा पेट तथा आन्द्रा, कलेजोसम्बन्धी भएका नयाँ अभ्यासहरू प्रयोगहरूबारे जानकारी गराउने र चिकित्सकीय दक्षता अभिवृद्धि गर्ने उद्देश्यले यस क्षेत्रमै पहिलो पटक उत्त, कार्यक्रम आयोजना गर्न लागिएको कार्यक्रम संयोजक डा. भुसालको भनाइ छ ।

कार्यक्रममा नेपाल लगायत भारतका ख्याति प्राप्त पेट आन्द्रा तथा कलेजो रोग विषेशज्ञलगायत विज्ञ चिकित्सकहरुको सहभागिता रहने छ । यस कार्यक्रममा चिकित्सकहरूसंगै कार्यक्रममा सहभागि हुन आउने महभागीहरुले हाल विश्वमा प्रचलनमा रहेको उपचार प्रणाली, नवीनतम सीप र ज्ञानको आदान प्रदान गर्न र बुझ्न पाउने बताइएको छ ।