समाज रूपान्तरणमा स्रष्टाहरूले पुर्याएको योगदानलाई राज्यले उच्च सम्मान गर्छ: मुख्यमन्त्री आचार्य


कपिलवस्त- लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्रष्टाहरुले समाज रूपान्तरणका लागि पुर्याएको योगदानलाई राज्यले उच्च सम्मानका साथ लिने बताएका छन् । कपिलवस्तुको साहित्य तीर्थ कपिलधाम बाणगंगा नगरपालिका-९ मा शनिबार आयोजित प्राज्ञ प्रा.डा. बिष्णुराज आत्रेय र साहित्यकार तथा समाजसेवी हिमलाल ज्ञवालीको शालिक अनावरण समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले स्रष्टाका कृतिहरूको संरक्षण र संरक्षकत्वको जिम्मेवारी सरकारले लिने बताए ।
उहाँले भने, `देशमा भएका ठूला राजनीतिक परिवर्तनहरू स्रष्टाहरुको चेतनामूलक रचनात्मक योगदानले सम्भव भएका हुन् । साहित्यकाे मात्र होइन, समाजको मूल चरित्र परिवर्तनमा पनि स्रष्टाको भुमिका महत्वपूर्ण रहँदै आएको छ ।´ मुख्यमन्त्री आचार्यले कपिलवस्तुलाई साहित्यिक दृष्टिले समृद्ध ठाउँको रुपमा चिनाउँदै यस क्षेत्रको समग्र विकासमा प्रदेश सरकारले विशेष भूमिका खेल्ने जनाए ।
सोही अवसरमा नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले नेपालमा सांस्कृतिक जागरण तथा शैक्षिक क्षेत्रको विकासमा स्रष्टाहरुले पुर्याएको योगदान अतुलनीय रहेको उल्लेख गरे । उनले इतिहासप्रति गर्व गर्ने समाज मात्र सशक्त बन्न सक्ने धारणा राख्दै पुराना ऐतिहासिक ग्रन्थहरूको संरक्षण आवश्यक रहेकोमा जोड दिए ।
कार्यक्रममा साहित्य, संस्कृति र इतिहासप्रति रुचि राख्ने विभिन्न व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।








प्रतिकृया दिनुहोस्