बर्दिया कारागारमा कैदीबन्दीको चाप

बर्दिया– क्षमताभन्दा धेरै कैदी र थुनुवाले जिल्ला कारागार भरिने समस्या नयाँ होइन । पछिल्लो समय मुलुकभरिका कारागारमा यही समस्या हुँदा समेत सम्बोधन हुन सकेको छैन । कैदीले भरिएर समस्याग्रस्त कारागारमध्ये बर्दिया जिल्ला कारागार पनि एक हो ।
उक्त कारागारमा चाप भएपछि कैदी र थुनुवा भरिएपछि रुघा, खोकी लगायत बिरामीले प्रभावित भएका छन् । क्षमताभन्दा तेब्बर भन्दा बढी संख्या भएपछि सुत्ने कोठाको अभाव र पर्याप्त शौचालय नहुँदा समस्या भएको छ । गर्मीयाममा कोचाकोच भएपछि दैनिकजसो रुघाखोकी, टाउको दुख्ने लगायतका बिरामी बढ्दै गएका छन् । १ सय २५ जना क्षमता भएको कारागारमा ४ सय ३३ जना कैदीबन्दी कोचिएर बस्न बाध्य छन् ।
अहिले महिला कारागारमा २ आश्रित बालबालिकासहित ४८ जना छन् । पुरुषतर्फ २ सय ७३ जना कैदी र थुनुवा १ सय १० जना रहेको कारागारका निमित्त जेलर नरबहादुर सार्कीले बताए । यीमध्ये सबैभन्दा बढी जबरजस्तीकरणी मुद्दाका कैदी र थुनुवासहित १ सय ६१ जना कारागारमा छन् । यसैगरी दोस्रोमा लागुऔषध मुद्दाका ८१ जना पुरुष र ३२ जना थुनुवा र कैदीबन्दी छन् । २०२८ सालमा निर्माण भएको कारागार जीर्ण छ ।
प्रतिकृया दिनुहोस्