April 22, 2025, Tuesday
२०८२ बैशाख ९

क्यान्सरसम्बन्धि स्वास्थ्य शिबिर सञ्चालन हुँदै

भैरहवा– रुपन्देहीको भैरहवास्थित सिद्धार्थनगर सीटी हस्पिटलको अगुवाई र पञ्चकन्या ग्रुपको आयोजनामा चैत २७ गते क्यान्सर सम्बन्धि स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ । उक्त शिबिरमा क्यान्सर रोग सचेतना अभिबृद्धि गरिने छ । यस्तै, स्वास्थ्य परीक्षणका लागि भक्तपुर क्यान्सर अस्पताल र सिटी अस्पतालका चिकित्सकको टिम खटिने छ ।

Advertisement

आयोजकका अनुसार भक्तपुरबाट १९ र सिद्धार्थनगर सीटी अस्पतालका ६ जना चिकित्सक परीक्षण तथा सचेतना कार्यक्रममा सहभागी हुनेछन् ।

सिद्धार्थनगर सीटी अस्पतालले दिएको जानकारी अनुसार शिबिरमा निःशुल्क प्याप स्मेयर परीक्षण, महिला तथा पुरुषको स्तन क्यान्सर सम्बन्धि र शरीरका अन्य भागको जाँच गरिने छ ।

शिबिरको मुख्य आयोजक तिलोत्तमा–१५, कोटिहवास्थित पञ्चकन्या ग्रुप हो भने सहयोगी आयोजना सिद्धार्थनगर सीटी अस्पतालका साथै मायादेवी गाउँपालिकाको बेथरीमा निर्माणाधीन सुमीत्रा मेमोरीयल क्यान्सर अस्पताल रहेको छ ।

उक्त अस्पतालका अनुसार चैत २७ गते कोटिहवास्थित पञ्चकन्या ग्रुप परिसरमा बिहान ८ बजेदेखि शिबिर सञ्चालन हुनेछ । उक्त शिबिरमा सेवा लिनका लागि अग्रिम नाम दर्ताको समेत व्यवस्था रहेको आयोजकले जनाएका छन् ।