रानीगाउँ समाजद्वारा विरामीलाई आर्थिक सहयोग


भैरहवा– युनिभर्सल कलेज अफ मेडिकल साईन्सेज (युसीएमएस) शिक्षण अस्पताल, भैरहवामा उपचाररत बिरामीलाई दुर्गा मन्दिर नयाँगाउँ, रानीगाउँ समाजले आर्थिक सहयोग गरेको छ । समाजले सिद्धार्थनगर नगरपालिका–१, नयाँगाउँका ४८ वर्षीय अर्जुन थापालाई नगद सहयोग गरेको हो ।
गत चैत १३ गते थापालाई एक्कासी मस्तिष्कघात भएपछि उनको युसीएमएसमा अचेत अवस्थामा सघन कक्षमा उपचार भइरहेको छ । थापाककी श्रीमती चन्द्रकला थापालाई समाजका अध्यक्ष यामबहादुर थापाले नगद १ लाख ७ हजार ८ सय २५ रुपैयाँ हस्तान्तरण गरेका हुन् । उक्त रकम गाउँघरमा घरदैलो कार्यक्रमका साथै विदेशबाट समेत शुभेच्छुकहरुबाट संकलन गरेको समाजका सचिव नन्दकुमार रानाले जानकारी दिए ।
अध्यक्ष थापाले सो रकमबाट केही भए पनि परिवारलाई उपचारमा सहयोग होस् भन्ने उद्देश्यले रकम प्रदान गरेको जनाए । राजनीतिकर्मी सुशील गुरुङ, वडा सदस्य अनिल कुमार केसी, समाजका सचिव नन्दकुमार राना, कोषाध्यक्ष जितेन्द्र गुरुङ, राम बहादुर थापा, राजु गुरुङ, अनिल थापा, रोशन गुरुङ, रवि गुरुङ, गोपाल उपाध्याय लगायतले नगद हस्तान्तरणले उपचारमा थोरै भए पनि सहयोग पुग्ने जनाए ।








प्रतिकृया दिनुहोस्