February 8, 2025, Saturday
२०८१ माघ २७

देवदहका बौद्ध गतिविधि र सम्पदा संरक्षणमा स्थानीयहरूलाई जोड्ने प्रयास

देवदह– बुद्धको मावली क्षेत्र देवहदमा बौद्ध गतिविधि र बुद्धकालीन पुरातात्विक क्षेत्रहरुको सरसफाइका लागि अभियान थालिने भएको छ । लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराईको उपस्थितीमा कोषको देवदह कार्यालयको आयोजनामा त्यसक्षेत्रका सरोकारवालाहरुको छलफलले देवदहका ऐतिहासिक र बौद्धकालीन सम्पदाहरुको संरक्षणमा स्थानीयहरुको समेत सहभागिता र अपनत्व बढाउन अभियान गर्नुपर्ने निष्कर्ष निकालिएको हो ।

Advertisement

छलफलबाट देवदहमा क्रियाशिल क्रियाशिल बुद्धसँग सम्बन्धित संघसंस्थाहरुसँग समन्वय गरि बृहत् भेला आयोजना गर्नका लागि टेकबहादुर थापाको संयोजकत्वमा सूर्यप्रसाद पाठक र टेकबहादुर राना सदस्य रहेको ३ सदस्यीय तदर्थ कमिटी बनाइएको छ ।

छलफललाई बोल्दै कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई (सिद्धिचरण)ले देवदहका ऐतिहासिक पुरातात्विक बुद्धकालीन क्षेत्रहरुको संरक्षणमा स्थानीयहरुको समेत सहभागिता र बौद्धमय गतिविधिका लागि स्थानीयहरुसँग सहकार्य गर्न लागिएको बताए ।

उक्त अवसरमा भवानीपुर र कन्यामाईमा बिशेष सरसफाई कार्यक्रम सञ्चालन गर्ने, हरेक पूर्णिमालाई विशेष अवसरको रुपमा मनाउनको लागि बृहत् भेलाबाट योजना बनाउने निर्णय भएको छ ।

यसैगरी देवदह र रामग्रामबाट संचालित बिद्युतीय बसको सेवा प्रवाहलाई प्रभाकारी बनाउन स्थानीय टोल बिकास संस्थासम्म सूचना पुर्याउने निर्णय भएको कोषका देवदह कार्यालय प्रमुख दामोदर सापकोटाले जानकारी दिए । छलफलमा देवदहमा क्रियाशिल बुद्धसँग सम्बन्धित ९ वटा संस्थाका प्रतिनिधिहरुको उपस्थिति थियो ।