February 8, 2025, Saturday
२०८१ माघ २७

आफ्नै शक्तिको बलमा माओवादीले आगामी चुनाव लड्छः प्रचण्ड

दाङ– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचनमा कसैको बैशाखी नटेकी एक्लै चुनावमा होमिने दाबी गरेका छन् ।

Advertisement

प्रेस सेन्टर दाङले घोराहीमा आयोजना गरेको पत्रकार सम्मेनलनमा उनले आफ्नै शक्तिको बलमा माओवादीले चुनाव लड्ने दाबी गरेका हुन् ।’ उपचुनावले माओवादीलाइ उकालोबाटो तर्फ लगेको छ । माओवादी बैशाखी टेक्ने जात होइन’, उनले भने,’ अवको चुनावमा कसैको बैशाखी टेक्दैनौं । माओवादी आफ्नै शक्तिमा उभिन्छ ।’

कांग्रेस, एमालेकाबीचमा सत्ता समीकरण अप्राकृतिक भएको उनले जिकिर गरे । ‘म्याजिक नम्बर मैले भनेकै हो । पहिलो र दोस्रो दल मिलेर सरकार बन्छ भन्ने लागेको थिएन’, उनले भने,’ यो अप्राकृतिक गठबन्धन हो ।’ उनले माओवादी प्रतिपक्षमा पुग्दा जनलहर छाएको दाबी गरे ।

‘०८४ मा पहिलो दल बन्छ,’ उनले भने,’ अवको म्याजिक नम्बर भनेको माओवादीको बहुमत हो ।’ सुशासन, सामाजिक न्याय र आर्थिक विकासको मुल मुद्दा प्रतिपक्षमा हुँदा पनि प्राथमिकतामा रहेको प्रचण्डले बताए ।

०८४ सम्म एमालेसँग समीकरण बनाउने सम्भावना नरहेको दाबी गरे । ‘सरकारको बारेमा रुची छैन । तर, यो सरकार आफ्नै भारीले थिचिएर जान्छ । सरकारको बारेमा काँग्रेस भित्रबाट आलोचना सुरु भएको छ । एमाले भित्र उकुसमुकुस छ,’ उनले भने,’ सरकार लामो समय जाँदैन हेर्दै गर्नुहोला ।’