February 8, 2025, Saturday
२०८१ माघ २७

पत्रकार न्यौपानेसहित तीनजना सम्मानित

भैरहवा– जेसीआई सिद्धार्थ नेपालले पत्रकार प्रकाश न्यौपानेसहित तीनजनालाई सम्मानित गरेको छ । संस्थाको ५०औं पदस्थापन समारोहमा भैरहवामा आयोजित कार्यक्रममा जेसीआई अन्तर्राष्ट्रिय अभियानलाई सबल, समृद्ध र भातृत्वभाव अभिबृद्धि गर्न पत्रकारिता मार्फत् योगदान गरेको भन्दै पत्रकार न्यौपानेलाई मोहनलाल शारदा मेमोरियल ट्रष्ट अन्तर्गत सेजिजतर्फको संस्थागत अवार्ड २०२४ बाट नगदसहित सम्मानित गरिएको हो ।

Advertisement

न्यौपाने पब्लिक कुरा डटकमको सम्पादन हुन् । यस्तै, उनले रुपन्देहीबाट न्युज २४ टेलिभिजन र लुम्बिनी टेलिभिजनमा काम गर्दै आएका छन् । न्यौपाने भैरहवा क्षेत्रका पत्रकारहरुको संस्था लुम्बिनी प्रेस क्लबको महासचिव समेत हुन् । एक दशकदेखि पत्रकारितामा क्रियाशील न्यौपानेलाई संस्थाको छनोट समितिले पुरस्कारका लागि सिफारिस गरेका थियो ।

यस्तै, उक्त अवसरमा मोहनलाल शारदा मेमोरियल ट्रष्ट अन्तर्गत सेजिजतर्फको संस्थागत अवार्ड २०२४ बाट साहित्यकार राधा भट्टराई र मेडिकल कलेज, भैरहवाका प्रशासन संयोजक तेजकुमार केसी पनि सम्मानित भएका छन् । तीनैजनालाई लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिना, संस्थाका निवर्तमान अध्यक्ष दीपक काफ्ले लगायतले सम्मानित गरेका हुन् ।