January 13, 2025, Monday
२०८१ माघ १

कसैलाई पनि संविधान असफल बनाउने छुट छैनः गृहमन्त्री लेखक

गृहमन्त्री रमेश लेखकले संविधानको रक्षा गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको सुदृढीकरण सरकारको मुख्य कार्यभार भएको बताएका छन्।

Advertisement

बिहीबार काठमाडौँमा आयोजित शान्ति, सुरक्षा तथा विपद् व्यवस्थापनसम्बन्धी अन्तर प्रदेशस्तरीय कार्यशाला गोष्ठीमा बोल्दै मन्त्री लेखकले संविधानलाई असफल बनाउने छुट कसैलाई नभएको बताए।

उनले नेपालमा ६८ वर्षको अवधिमा सात वटा संविधान बनेको स्मरण गरउँदै संविधान धेरै बन्नु राजनीतिक अस्थिरताको अदारहण भएको बताए।

उनले संविधानलाई असफल बनाउन संविधान विरोधी गतिविधिहरु गर्ने र वर्तमान व्यवस्थालाई असफल सावित गर्ने प्रयत्न हुने गरेको उल्लेख गर्दै त्यसका विरुद्ध कडा रुपले उभिन जरुरी रहेको उल्लेख गरे।

उनले भौतिक विकास निर्माण र आर्थिक वृद्धि गर्न नसक्दा जनतामा केही असन्तुष्टि रहे पनि संविधानकै कारण मुलुकमा समृद्ध बन्न नसकेको भाष्य निर्माण गर्ने दुष्प्रयास भइरहेको बताए। संविधान विरोधी गतिविधिहरु कुनै पनि हिसाबले क्षम्य नहुने लेखकको भनाइ छ।