February 16, 2025, Sunday
२०८१ फाल्गुन ४

बर्दियाका ज्ञवाली मुख्यमन्त्री आचार्यको राजनीतिक सल्लाहकार नियुक्त

भैरहवा– बर्दिया को गुलरिया नगरपालिका–४ का लक्ष्मणराज ज्ञवाली लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यको राजनीतिक सल्लाहकारमा नियुक्त भएका छन् ।एमाले बर्दिया इन्चार्ज र केन्द्रीय सदस्य ज्ञवालीलाई आचार्यले राजनीतिक सल्लाहकारका नियुक्त गरेका हुन्।

Advertisement

स्नातकसम्म अध्ययन गरेका ज्ञवाली यसअघि पशुपति विकास समितिको सदस्य, गुठी संस्थानको अध्यक्ष र मितेरी साहित्यिक पत्रिकाको सम्पादक लगायत विभित्र सामाजिक संघ संस्थामा काम गरिसकेका छन्। पञ्चायत कालमा भूमिगत जीवन विताएका ज्ञवालीले ८ बर्ष जेल जीवन समेत विताएका थिए।

अनेरास्ववियूको केन्द्रिय सदस्य हुँदै युवा संघको राजनीति गरेका ज्ञवालीले किसान र भूमि आन्दोलनलाई उचाईमा पुर्याउन योगदान गरेको बताइन्छ । लुम्बिनी प्रदेशलाई सबैहिसावले सफल बनाउनेगरी प्राप्त जिम्मेवारीलाई कुशलतापूर्वक निर्वाह गर्ने ज्ञवालीले बताए।