संस्कृतिको सकारात्मक रुपान्तरण हुनुपर्छः प्रदेश प्रमुख घर्तीमगर

कार्तिक– लुम्बिनी वाङ्मय प्रतिष्ठान नेपाल रुपन्देहीले संस्कृति रूपान्तरणमा हाम्रो दायित्व विषयक विचार गोष्ठी सम्पन्न गरेको छ । लुम्बिनी वाङ्मय प्रतिष्ठान नेपालको केन्द्रीय समितिको समन्वय र जिल्ला शाखा रुपन्दहीको आयोजनामा सम्पन्न विचार गोष्ठीमा विज्ञान र प्रविधिको युगमा नेपाली संस्कृतिमा देखिएका विकृति र आयातित संस्कृतिको प्रभाव तथा समायानुकूल रूपान्तरणका बारेमा कार्यपत्र र टिप्पणी प्रस्तुत गरिएको थियो ।
कार्यक्रमम लुम्बिनी प्रदेशका प्रदेश प्रमुख कृष्णबहादुर घर्ती मगरले रङ्गमञ्चको गुरु साहित्यिक जमघट, भेटघाट, भेला र विचार गोष्ठी भएको बताउँदै संस्कृति संरक्षणमा सबै लाग्नुपर्ने तथा संस्कृतिको सकारात्मक रुपान्तरण हुनुपर्ने बताए । उनले आफू लुम्बिनी प्रदेशका जनताको नोकर भएको बताउँदै आफूले सदैव जनताको हित, सहयोग र समन्वयका लागि काम गर्ने बताए ।
प्रतिष्ठानका केन्द्रीय अध्यक्ष ऋषि आजादले सांस्कृतिक रूपान्तरणमा हाम्रो दायित्य विषयक कार्यपत्र प्रस्तुत गरेका थिए भने प्रा.डा. सूर्य केसी, विष्णु भनभनेली, उत्तर कुमार पराजुली, डा. लक्ष्मी पोख्रेल कोकिला, रीता केसी, रुद्रलाल पोख्रेल, मुकुन्द पोख्रेल, विजयराज बस्याल, गुनाराम घिमिरे, गणेश घिमिरे, शोभाखर पौडेल, तिलक लामिछाने, गीता बन्जाडे, अर्जुन गैरे, सिर्जना खनाल, सरस्वती मरासिनी, यज्ञलाल सुवेदी, मेघराज चापागाई, लक्ष्मण ज्ञवाली, रीता बुढाथोकी, गोविन्द केसीले प्रस्तुत विषयमाथि आफ्नो टिप्पणी प्रस्तुत गर्नुभएको थियो भने नहरपुर मा.विका प्राचार्य धनिश्वर गौतमले वाङ्मयले भाषा, कला साहित्य र संस्कृतिको क्षेत्रमा उल्लेखनीय काम गरेको बताउँदै यस्ता कार्यक्रमहरू आफू र विद्यालयको सदैव साथ रहने बताए ।
कार्यक्रममा स्वागत मन्तव्यका क्रममा वाङ्मयका रुपन्देही जिल्ला अध्यक्ष पुरुषोत्तम पाण्डेयले संस्थाले भाषा, कला, साहित्य र संस्कृतिको संरक्षण तथा प्रवर्धनमा काम गरिरहको बताउँदै यसका लागि रुपन्देही स्रष्टाकोश, जितगढी मुखपत्र प्रकाशन गरेको र यससँग सम्बन्धित कार्यक्रमहरू गर्दै आइरहेको बताए ।
श्री नहरपुर मा.विको सभाहलमा संस्थाका उपाध्यक्ष कृष्ण गाउँलेको सञ्चालनमा भएको कार्यक्रममा सरला गाहा, युवराज कँडेललगायत स्रष्टाहरूले गीत, गजल, कविता र लघुकथा प्रस्तुत गर्नुभएको थियो भने संस्थाको आजीवन सदस्यता लिएकाहरूलाई प्रमाणपत्र प्रदान गरिएको थियो ।
प्रतिकृया दिनुहोस्