प्रहरी निरीक्षक खत्रीलाई असोज महिनाको उत्कृष्ट अवार्ड


कपिलवस्तु– जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले मासिक रुपमा दिँदै आएको उत्कृष्ट प्रहरी पुरस्कार इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरीक्षक सुरज खत्रीले पाएका छन् ।
संगठनले दिएको जिम्मेवारी पूर्ण रूपले कर्तव्यनिष्ट भई अपराध अनुसन्धान र प्रहरी कारवाहीमा प्रभावकारी भूमिका निर्वाह गरेको, हिन्दूहरूको महान चाड बडा दशैको अवसरमा मूर्ति विसर्जनमा व्यवस्थित रूपमा प्रहरी परिचालन तथा स्थानीय स्तरमा राम्रो समन्वयात्मक भूमिका निर्वाह गरेको र आम नागरिक माझ प्रहरी संगठनको गरिमामा योगदान पुर्याएकाले प्रशंसा पत्रसहित सम्मान गरिएको हो ।
स्थानीयहरुले प्रहरी निरीक्षक खत्रीले गरेको राम्रो कामको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले उचित मूल्यांकन गरेको जनाएका छन् । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख प्रहरी उपरीक्षक निरंजन दत्त भट्टले प्रशंसा पत्र खत्रीलाई प्रदान गरेका हुन् ।








प्रतिकृया दिनुहोस्