October 15, 2024, Tuesday
२०८१ आश्विन २९

आजबाट रुपन्देहीमा कोरोनाविरुद्ध खोप

भैरहवा– रूपन्देहीमा आजबाट कोरोनाविरुद्धको खोप लगाउन थालिएको छ । पछिल्लो समय कोरोनाको नयाँ भेरियेन्ट एक्स बीबी १.५ फैलिएपछि यस विरुद्धको खोप लगाउन थालिएको हो । जिल्लाका स्वास्थ्य संस्थामार्फत् आइतबारबाट खोप लगाउन सुरु भएको जिल्ला स्वास्थ्य कार्यालय, रूपन्देहीका खोप अधिकृत भेषराज शर्माले बताए ।

Advertisement

‘असोज ६ देखि ९ गतेसम्म खोप लगाइने कार्यक्रम छ,’ उनले भने, ‘हामीकहाँ त्यति धेरै जना छुट्नु भएको त छैन, तर पनि भाइरसबाट जोगिन दोस्रो बुस्टर नलगाएका, पहिलो बुस्टर नपाएका वा अहिले १२ वर्ष पुगेकालाई लगाउने व्यवस्था गरिएको छ ।’

खोप सेवा लिन जाँदा पहिले लगाएको कोरोनाविरुद्धको खोप–कार्ड लिएर जान उनले आग्रह गरेका छन् ।