लुम्बिनीको मुख्य न्यायाधिवक्तामा खनाल

दाङ– लुम्बिनी प्रदेशको मुख्य न्यायाधिवक्तामा यमलाल खनाल नियुक्त भएका छन् । मुख्यमन्त्री चेतनारायण आचार्यको सिफारिसमा प्रदेश प्रमुख कृष्णबहादुर घर्ती मगरले खनाललाई संविधानको धारा १६० को उपधारा २ अनुसार मुख्य न्यायाधिवक्ता पदमा नियुक्त गरेका हुन् ।
मुख्यमन्त्रीको सिफारिसमा प्रदेश प्रमुखले मुख्य न्यायाधिवक्ता नियुक्त गर्ने संवैधानिक व्यवस्था छ । बुटवल उपमहानगरपालिका वडा नम्बर ९ निवासी खनाल लामो समयदेखि कानुन व्यवसायका क्षेत्रमा काम गर्दै आएका छन् ।







प्रतिकृया दिनुहोस्