May 27, 2026, Wednesday
२०८३ जेष्ठ १४ बिहीबार

रमेश बडाल महान्यायाधिवक्ता नियुक्त

Advertisement

महान्यायाधिवक्ता पदमा बरिष्ठ अधिवक्ता रमेश बडाल नियुक्त भएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले बडाललाई महान्यायाधिवक्ता पदमा नियुक्त गरेको राष्ट्रपति कार्यलयले एक विज्ञप्ति निकालेर जानकारी गराएको छ।

Advertisement

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति पौडेलले बडाललाई महान्यायाधिवक्तामा नियुक्त गरेका हुन्। प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले महान्यायाधिवक्ता नियुक्त गर्ने संवैधानिक व्यवस्था छ।

बडाल यसअघि पनि महान्यायाधिवक्ता भइसकेका व्यक्ति हुन्। प्रधानमन्त्री केपी शर्मा ओलीको अघिल्लो कार्यकालमा २०७७ चैतदेखि २०७८ असारसम्म करिब चार महिना बडाल महान्यायाधिवक्ता थिए।

सरकारको कानूनी सल्लाहकार महान्यायाधिवक्ताले सरकारवादी मुद्दाको अभियोजन र प्रतिरक्षा गर्ने सरकारी वकिलहरुको नेतृत्व गर्छन्। यसअघिका महान्यायाधिवक्ता डा.दीनमणि पोखरेलले पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्रीबाट पदमुक्त भएपछि राजीनामा दिएका थिए।