विश्वप्रकाशको रास्वपाप्रति कटाक्ष– कांग्रेसमा सत्य बोल्दा कसैले कारबाही भोग्नु पर्दैन
- पब्लिक कुरा
- २०८१ असार २६
- 645 Shares
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री मुकुल ढकाललाई पदमुक्त गरिएकोबारे कटाक्ष गरेका छन् । मंगलबार रास्वपाले ढकाललाई पार्टीको पदीय जिम्मेवारीबाट हटाएपछि बुधबार बिहान कांग्रेस महामन्त्री शर्माले सत्य बोल्दा कांग्रेसमा कसैले कारबाही भोग्नु नपर्ने बताए ।
‘कांग्रेस राम्रोसँग चलेको छैन । बलियो र विजयी बन्न हामीले ढङ्ग बदल्नै पर्छ । यति सत्य बोल्दा कांग्रेसमा कसैले कारबाही भोग्नुपर्दैन,’ शर्माले लेखेका छन् ।
३८ जिल्लाको समीक्षा यात्राको प्रतिवेदनमा पार्टीको दुरावस्था उतार्ने रास्वपाका संस्थापक महामन्त्री ढकाल रास्वपाको साधारण सदस्यमा समिति हुन पुगेका छन् ।
प्रश्न, आलोचना र विरोध सहज ग्रहण गरेरै कांग्रेस जीवन्त रहेको उनको भनाइ छ । ‘प्रश्न, आलोचना र विरोध सहज ग्रहण गरेरै, त्यो युगदेखि यो समयसम्म काँग्रेस जीवन्त छ र रहिरहनेछ । रूपान्तरणको सङ्कल्प कार्यान्वयन गर्दै बढ्छौँ हामी,’ उनी भन्छन् ।
- पत्रकार पौडेललाई लायन्स सामाजिक पत्रकारिता पुरस्कार
- नगरस्तरीय राष्ट्रपति रनिङशिल्डको उपाधि लीलारामलाई
- घुम्तिनेर लेट, चोक-मोडमा ट्राफिकसित भेट
- विश्वका घुम्नलायकको सूचीमा लुम्बिनी परेपछि पर्यटन क्षेत्रमा उत्साह
- आफ्नो ठाउँका लागि योग्य नेताको चयन
- स्वस्थानी व्रतकथा सुरु
- लुम्बिनीमा पहिला फिर्ता पठाएको निजामती सेवा ऐन प्रदेशसभाबाट पुनः हुबहु आएपछि प्रदेश प्रमुखद्वारा प्रमाणीकरण
- संघीताबारे गलत ढंगले प्रचारबाजी भइरहेको छ, यसलाई चिर्नपर्छः प्रदेश प्रमुख मियाँ
- तिलोत्तमाको छैठौं अधिवेशन, सर्वसम्मतले प्रस्ताव पारित
- गोरखादेखि गोरखपुरसम्मको दोस्रो खिचडी यात्रा सुरु
-
भैरहवामा ५० रुपैयाँमा पाँच किलो काउली !
२०८१ पुष २५ -
एकल जिन्दगी
२०८१ पुष २०
प्रतिकृया दिनुहोस्