July 15, 2024, Monday
३१ असार २०८१, सोमबार

रूपन्देहीमा बस दुर्घटना हुँदा आठजना घाइते

Advertisement

भैरहवा– बस दुर्घटनामा रुपन्देही आठजना घाइते भएका छन् । जिल्लाको तिलोत्तमा नगरपालिका–२, शंकरनगरमा बस दुर्घटना भएको हो । मंगलबार बिहानै भएको बस दुर्घटनामा ८ जना यात्रु घाइते भएको प्रहरीले बताएको छ ।

Advertisement

बुटवलदेखि भैरहवातर्फ आउँदै गरेको लु २ ख २७९२ नम्बरको बस आफै अनियन्त्रित भई सडकमा पल्टेको जिल्ला ट्राफिक प्रहरी कार्यालय, रुपन्देहीले जनाएको छ । बसमा १६ जना सवार थिए ।

८ जना घाइते मध्ये सहचालकलाई बढी चोट लागेको छ । अन्य ७ को अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको जनाएको छ ।