लायन्स क्लब भैरहवा लिगेसीको अध्यक्षमा शुक्ला

भैरहवा– लायन्स क्लब अफ भैरहवा लिगेसीको अध्यक्षमा राजन शुक्ला चयन भएका छन् । दोस्रो पद हस्तान्तरण कार्यक्रममा क्लबका संस्थापक अध्यक्ष रविकान्त उपाध्यायले वर्ष २०२४–०२५ का लागि अध्यक्षचयन भएका शुक्लालाई पद हस्तान्तरण गरेका छन् । क्लबका संस्थापक सचिव नारायणप्रसाद कोइरालाले सचिव गोविन्द उपाध्यायलाई र सन्दिपकुमार अग्रहरीले कोषाध्यक्ष ललितकिशोर गुप्तालाई पद हस्तान्तरण गरेका छन् ।
क्लबको वर्ष २०२४–०२५ को प्रथम उपाध्यक्षमा विनित उपाध्याय, द्वितीय उपाध्यक्षमा नारायणप्रसाद कोइराला, तृतीय उपाध्यक्षमा संजीव कुर्मी, मेम्बरसीप चेयरपर्सनमा सन्दिपकुमार अग्रहरी, एलसीआईएफ कोर्डिनेटरमा आकाश चौधरी, सर्भिस चेयरपर्सनमा गणेश न्यौपाने, मार्केटिङ चेयरपर्सनमा हृदयराम गुप्ता, टेल टवीष्टरमा कन्हैयाप्रसाद कलवार र पीआरओमा रबिन्द्रप्रताप गुप्ता छन् ।
त्यस्तै सह–सचिवमा राजेन्द्र केवट, सह–कोषाध्यक्षमा रामनारायण ठाकुर, वातावरण संयोजकमा गोपाल जयसवाल, स्वास्थ्य संयोेजकमा शैलेश उपाध्याय, टेमरमा समरनाथ पाण्डे, निर्देशकमा रामदेव गुप्ता, अख्तर हुसेन, सदस्यमा दीपक सापकोटा, डा. आशुतोष शुक्ला, हिना तिवारी, अवनिश त्रिपाठी तथा मानार्थ सदस्यमा उमाशंकर पाठक र मुक्तिनाथ यादव छन् ।
कार्यक्रममा लायन्स इन्टरनेशनल डिष्ट्रिक ३२५ पी, नेपालका डिष्ट्रिक को–चिफ एडभाइजर अरुणकुमार मिश्राले सामाजिक कार्यका लागि दृढ संकल्पका साथ अघि बढ्नुपर्नेमा जोड दिए । उनले भने, ‘पैसा कमाउनु र धनी बन्नु मात्र ठूलो कुरा होइन । सोच ठूलो राख्नुपर्छ । आफूले कमाएको पैसामध्ये केही रकम आफूभन्दा कम भाग्यशाली व्यक्तिहरुलाई सहयोग गर्नुपर्छ । यो महत्वपूर्ण कार्य हो ।’
लायन्स भैरहवा लिगेसीका संस्थापक अध्यक्ष रविकान्त उपाध्यायले आफ्नो कार्यकालमा साथ र सहयोग गर्ने सबैलाई धन्यवाद दिए । उनले टीमवर्कले क्लब यहाँसम्म आइपुगेको भन्दै क्लबको गरिमा अझ उच्च बनाउने बताए । क्लबको वर्ष २०२४–०२५ का अध्यक्ष राजन शुक्लाले लायन्सको थिम अनुसार वातावरण, युथ, मधुमेह, बाल क्यान्सर र आँखा क्षेत्रमा गरिने महत्वपूर्ण कार्यक्रमहरु वार्षिक कार्ययोजनामा समावेश गरेको बताए ।
क्लबका सल्लाहकार श्रवण पाण्डेयले क्लबले आगामी दिनमा पनि रचनात्मक कार्यहरुलाई अघि बढाउने विश्वास व्यक्त गरे । क्लबका मानार्थ सदस्य उमाशंकर पाठक, संस्थापक सचिव नारायण प्रसाद कोइरालाले क्लबले छोटो समयमै आफ्नो पहिचान स्थापित गरेको बताए ।
प्रतिकृया दिनुहोस्