January 25, 2025, Saturday
२०८१ माघ १३

छैठौं मेयर कपको उपाधि सुमीत र नरसिंहको जोडीलाई

भैरहवा– छैठौं तिलोत्तमा मेयर कप खुल्ला पुरुष ब्याडमिन्टनको उपाधि सुमीत पुन र नरसिंह बुढाको जोडिले कब्जा गरेको छ । तिलोत्तमा नगरपालीकाको आर्थिक सहयोग संचालित प्रतियोगितामा उनीहरुले तिलोत्तमा ब्याडमिन्टन क्लबका थमन सारु र अभय गुरुङ्गको जोडीलाई १७ र ९ अंकमा सिमीत गरी सोझो सेटमा पराजीत गरेका थिए । योसँगै पुनको जोडीले उपाधि चुमेको थियो । भने, लुम्बीनी स्पोर्टस क्लबका अनिस थापा र डिल्ली रानाको जोडी तथा मधौलिया ब्याडमिन्टन क्लबका बिष्णु थापा र अनील चौधरीको जोडीले तेस्रो स्थानमा चित्त बुझाएका छन् ।

Advertisement

बिजेता खेलाडीले ३५ हजार नगदहिसत कप, मेडल, प्रमाणपत्र पाए । यस्तै, द्वितीयले नगद २५ हजार, कप, मेडल र प्रमाणपत्र तथा तृतीय दुबै टिमले नगद १५–१५ हजार तथा कप मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । सो कार्यक्रममा बिजेता तथा उपबिजेता खेलाडीलाई पुरस्कार प्रदान गर्दे तिलोत्तमा नगरपालीकाका मेयर रामकृष्ण खाँणले नगरपालिकाले खेलाडी उत्पादनको क्षेत्रमा काम गर्दे आएको बताए ।

कुशल भूर्तेल जस्ता अन्तर्राष्ट्रिय क्रिकेट खेलाडी पनी तिलोत्तमाको गौरब गर्ने खेलाडी भएको बताउँदै ब्याडमिन्टन खेलमा पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा नेपाल तथा तिलोत्तमालाई चिनाउन पहल गर्नुपर्नेमा जोड दिए । तिलोत्तमाले खेलको बिकाश गरी खेल पर्यटनको हब बनाउने प्रयास समेत उनले जनाए । कार्यक्रममा नगरपालीकाका खेल संयोजक लोक पुन, वडा न ६ का अध्यक्ष गणेश पाठक तथा तिलोत्तमा ब्याडमिन्टन क्लबका अध्यक्ष गोबिन्द भुषालले खेलको बिकासमा थप सहयोग गर्न नगरपालिकालाई अनुरोध गरे ।

खेलमा उत्कृष्ट खेलाडीको उपाधि सुमीत पुनले जिते । अनुशासित खेलाडीमा सुरज गुरुङ्ग, उदीयमान खेलाडीमा डेनीस थापा तथा जेष्ठ सहभागितामा बिश्व पाठकलाई पुरस्कार प्रदान गरिएको खेल संयोजक पदम थापाले जानकारी दिए । खेल सञ्चालनमा प्रमुख रेफ्री जीबन थापा र रेफ्रीहरुमा रमेश रेग्मी र सुदीप कंडेलले सहजीकरण गरेका थिए । तिलोत्तमा मेयर कप ब्याडमिन्टन प्रतियोगिता हरेक बर्ष हुँंदै आएको छ । खेल तिलोत्तमा ब्याडमिन्टन क्लबको कभर्ड हलमा सम्पन्न भएको हो ।