बर्दियाका करण परियारलाई ‘नेपाल आइडल’को उपाधि


बर्दिया– बर्दियाका करण परियारले ‘नेपाल आइडल’ पाँचौं संस्करणको उपाधि जितेका छन्। अन्तिम प्रतिस्पर्धामा मोहित भुजेल, सलोमी गुरुङ र सचिन विश्वकर्मालाई दर्शकबाट प्राप्त मतका आधारमा पछि पार्दै उनी विजेता बनेका हुन्।
शनिबार साँझ सम्पन्न आइडलको विजेता परियारले नगद २५ लाखसहित अन्य उपहार प्राप्त गरे। प्रतियोगितामा पोखराकी सलोमी गुरुङ दोस्रो भएसँगै नगद रु १० लाख, दार्जिलिङका सचिन विश्वकर्मा तेस्रो भएर नगद रु पाँच लाख र दार्जिलिङकै मोहित भुजेलले चौथो स्थान हासिल गरेर पुरस्कारमा स्कुटर प्राप्त गरे।
विगत चार महिनादेखि जारी प्रतियोगितामा दर्शकले दिएको मतका आधारमा विजेता चयन गरिएको हो। ‘नेपाल आइडल’को पाँचौं संस्करणमा गायक न्हू बज्राचार्य, संगीतकार कालिप्रसाद बाँस्कोटा र गायिका इन्दिरा जोशी निर्णायक थिए।








प्रतिकृया दिनुहोस्