June 12, 2025, Thursday
२०८२ जेष्ठ ३० शुक्रबार

बुद्ध जन्मस्थल लुम्बिनीमा शान्ति पदयात्रा (फोटो फिचर)

लुम्बिनी– बुद्ध जन्मस्थल लुम्बिनीमा शान्ति पदयात्रा गरिएको छ । २५६८औं बुद्धजयन्तीका अवसरमा बिहीबार पदयात्रा गरिएको हो । मायादेवी मन्दिरबाट अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रसम्म पदयात्रा गरिएको हो ।

Advertisement

भिक्षु भिक्षुणीहरु, गुरुलामा, स्थानीय, विकास कोषका कर्मचारी, पर्यटक लगायतकको सहभागितामा शान्ति पदयात्रा गरिएको हो । बौद्ध झण्ड बोकेर विभिन्न पहिचानसहित पदायात्रामा स्वस्फूर्त सहभागिता थियो । यस्तै, विभिन्न झाँकी पनि सहभागी थिए । यसले लुम्बिनी बौद्धमय बनाएको थियो ।

लुम्बिनी विकास कोषको आयोजनामा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा बुद्धजयन्ती विशेष समारोह भएको छ । त्यहाँ प्रधानमन्त्री पुष्पकमल दाहाल, परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ, लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचन, मुख्यमन्त्री जोखबहादुर महरा, पर्यटनमन्त्री हितबहादुर तामाङ, श्रममन्त्री डिपी अर्याल, विभिन्न कुटनीति नियोगका प्रमुख तथा प्रतिनिधि लगायत उच्च अधिकारीहरु सहभागी थिए ।