May 21, 2024, Tuesday
८ जेष्ठ २०८१, मंगलवार

कपिलवस्तुमा श्रीमान्–श्रीमती मृत फेला

कपिलवस्तु– कपिलवस्तुमा श्रीमान्–श्रीमती मृत फेला परेका छन् । जिल्लाको वाणगंगा नगरपालिका वडा नम्बर–८, ढोडेकोलमा श्रीमान्–श्रीमती मृत फेला परेको प्रहरीले जनाएको छ ।

६० वर्षका श्रीमान् टेकलाल भुसाल र ५५ वर्षकी श्रीमती जुठी भुसाल घरभित्रै मृत फेला परेको इलाका प्रहरी कार्यालय पिपराले जानकारी दिएको छ । बुधबार बिहान साढे ८ बजेतिर उनीहरु मृत फेला परेको प्रहरीले जनाएको छ ।

मृतक श्रीमान् भर्‍याङमा झुन्डिएको अवस्थामा मृत फेला परेका थिए भने श्रीमती खाटमा फेला परेकी छन् । घटना हुँदा घरमा कोही नभएको बताइएको छ । प्रहरीको टोली घटनास्थल पुगेर अनुसन्धान गरिरहेको बताएको छ । अनुसन्धानपछि मृत्युको कारण खुल्ने कपिलवस्तुका प्रहरी प्रमुख एसपी नवरत्न पौडेलले जानकारी दिए ।

Advertisement