May 4, 2024, Saturday
२२ बैशाख २०८१, शनिबार

थाइल्याण्ड पुगेर लुम्बिनी विकास कोषका तर्फबाट श्रद्धाञ्जली अर्पण

लुम्बिनी– बुद्धजन्मस्थल लुम्बिनीस्थित राजकीय थाई विहारका प्रमुख भन्ते सुफोद र थाइल्याण्डको नेपाल–भारत हेर्ने धर्मदुतको आमाको निधनमा लुम्बिनी विकास कोषका तर्फबाट श्रद्धाञ्जली अर्पण गरिएको छ । ७७ बर्षिय स्व. योम सुफानको निधनको ७औं दिन सोमबार नेपालको प्रतिनिधित्व गर्दै लुम्बिनी विकास कोषका कोषाध्यक्ष सिद्धिचरण भट्टराई, सदस्य सचिव सानुराजा शाक्य, कार्यकारिणी सदस्य राजेश शाक्यले श्रद्धाञ्जली अर्पण गरेका हुन् ।

Advertisement

थाइल्याण्डस्थित बिहार बैंककदेखि ४ सय किमि पूर्व सुरथमा पुगि श्रद्धाञ्जली अर्पण गरिएको कोषका कोषाध्यक्ष भट्टराईले जानकारी दिए । राजकीय सम्मानसाथ गरिएको श्रद्धाञ्जली सभामा लुम्बिनी बिकास कोष र नेपालको प्रतिनिधित्व गरि परिवारजनहरूप्रति समवेदना प्रकट गरिएको उनले बताए ।

Advertisement

यसैबीच थाइल्याण्डकी प्रमुख प्रतिपक्षी दलका नेता सुधारथसँग पनि भेट गरी लुम्बिनीको विकासका सन्दर्भममा छलफल गरिएको भट्टराईले बताए । उनका अनुसार थाइल्याण्डको नर्थ बैंककमा रहेको प्रशिद्ध बौद्ध धार्मिक संस्था धम्मकायाको विहार प्रमुख भिक्षु लुजिपो धम्मकायोको जन्मदिवस समारोहमा समेत सहभागी भएका छन् ।

धम्मकायाको निमन्त्रणामा थाइल्याण्ड रहेका कोषाध्यक्ष भट्टराईसहितको टोलीले बृहत्तर लुम्बिनी क्षेत्रमा बौद्ध धार्मिक गतिविधि र पूर्वाधारका लागि थालइल्याण्डले खेलेको भूमिका प्रशंसनीय रहेको र अझ बढाउनका लागि विभिन्न निकायहरुसँग छलफल गर्नेछ ।