बजारमा होली पर्वको रौनक (तस्बिरहरू)


भैरहवा– होली पर्वको रौनक छाएको छ । प्रत्येक वर्ष फागुपूर्णिमा मनाइने होली पर्व पहाडी र हिमाली जिल्लामा हाज हर्षोल्लाससाथ मनाइरहेको छ । तराईक जिल्लाहरुमा होली भोलि सोमबार मनाइँदैछ । होली पर्व यस वर्ष आइतबार र सोमबार परेको छ । पहिलो दिन पहाडी जिल्ला र दोस्रो दिन तराईका जिल्लामा होली पर्व मनाइँदै आइएको छ ।
होली पर्वलाई लक्षित गरेर बजारमा टि–सर्ट, रङ, पिच्कारी विक्रीका लागि राखिएको छ । अधिकांश पसलेहरुले चिटिक्क सजाएर यी सामान विक्रीका लागि राखेका छन् । सानाठूला सबै खाले पसलमा उपभोक्ताको भीड छ । तराईमा बसोबास गर्ने पहाड तथा हिमालका सर्वसाधरणले आज पनि होली मनाएका छन् । उनीहरुले भोलि पनि होली खेल्ने गर्छन् । बजारमा चहलपहल बढेको छ । होलीका लागि लुगा, रङलगायतका सामान किन्नेको चहलपहल बढेको हो ।
भैरहवाका चोकचोकमा पसललेहरुले थरिथरिका रङ र कपडा विक्रीका लागि राखेका छन् । बुटवल, लुम्बिनी, धकधई लगायतका सहर तथा गाउँमा पनि उस्तै चहलपहल छ । सिद्धार्थनगर १२ का पशुपति अग्रहरीले विगतको जस्तो अहिले विक्री नरहेको बताए । ‘बजारमा चहलपहल बढेको देखिन्छ तर विगत जस्तो खरिदकर्ता आएका छैनन्’, उनले भने, ‘तराईम भोलि होली खेलिने भएकाले सोमबार बिहानसम्म राम्रै विक्री होला भन्ने लागेको छ ।’










लेखकको सम्वन्धमा