May 27, 2026, Wednesday
२०८३ जेष्ठ १४ बिहीबार

रूपन्देहीमा बहालवाला र पूर्वप्रहरीको निःशुल्क स्वास्थ्य परीक्षण

भैरहवा– रुपन्देहीमा कार्यरत प्रहरी र जिल्लाभित्र बसोबास गर्ने पूर्वप्रहरीहरुको स्वास्थ्य परीक्षण गरिएको छ । नेपाल प्रहरी अस्पताल महाराजगंज काठमाडौं र लुम्बिनी प्रदेश प्रहरी अस्पताल नेपालगंज, बाँकेको आयोजना तथा जिल्ला प्रहरी कार्यालय, रुपन्देहीको सहकार्यमा स्वास्थ्य परीक्षण गरिएको हो ।

Advertisement

स्वास्थ्य शिविरमा लुम्बिनी प्रदेश प्रहरी बाँकेका डा.अच्युत विक्रम हमाल लगायतले चेकजाँच गरेका थिए । शिविरमा प्रहरी कर्मचारी पूर्वप्रहरी गरी १ सय ९६ जनाको जनाको स्वास्थ्य परीक्षण गरिएको रुपन्देही प्रहरी प्रवक्ता डीएसी मनोहरप्रसाद भट्टले जानकारी दिए ।

Advertisement

शिविरमा उच्च रक्तचाप, मधुमेह, मृगौला रोग, मुखको क्यान्सर, पाठेघरको रोग सम्बन्धी स्वास्थ्य परीक्षण गर्नुका साथै परामर्श समेत दिइएको थियो । स्वास्थ्य शिविरबाट ५९ जना पूर्वप्रहरी कर्मचारीहरु, १ सय ३२ जना बहालवाला प्रहरी कर्मचारीहरु र ५ जना प्रहरी परिवारका सदस्यहरूले स्वास्थ्य जाँच गराएका छन् ।

रुपन्देही प्रहरी प्रमुख रंजितसिंह राठौरले रातदिन आमनागरिकको सेवामा खटिने प्रहरीले समयमै आफ्नो स्वास्थ्यबारे ख्याल गर्न नसक्ने बताउँदै बेलाबेला आयोजना हुने यस्ता शिविरले प्रहरी कर्मचारीको स्वास्थ्य स्थितिबारे जानकारी हुने जनाए । उनले शिविरमा चेकजाँच गराउँदा समस्या देएि तत्काल उपचार गराउन प्रहरी कर्मचारीहरुलाई सुझाव दिए । एसपी राठौरले आगामी दिनमा पनि यस्ता शिविरलाई निरन्तरता दिने र प्रहरी कर्मचारीलाई स्वस्थ राख्न कार्यालयका तर्फबाट सबै किसिमको सुविधा उपलब्ध हुने जनाए ।