आजबाट ‘गोर्खा वारियर’ हलमा


नेपाली कथानक चलचित्र ‘गोर्खा वारियर’ आजबाट प्रदर्शनमा आएको छ । फ्राइडे रिलिज अन्तर्गत यो सिनेमा देशभरका सिनेमा हलमा आजबाट प्रदर्शनमा आएको हो ।
मिलन चाम्सको निर्देशन रहेको चलचित्रमा रितेश चाम्स, विजय लामा, विवेक गुरुङ, कविता आलेलगायत कलाकार मुख्य भूमिकामा छन् ।
चलचित्रमा गोरखा सैनिकले सन् १९४९ मा मलाया जंगलमा लडेको लडाइँको कथा समेटिएको छ ।







प्रतिकृया दिनुहोस्