May 27, 2026, Wednesday
२०८३ जेष्ठ १४ बिहीबार

एभरेष्ट माविले जित्यो बुटवल लोकनृत्य प्रतियोगिताको पुरस्कार

बुटवल– बुटवलमा आयोजित प्रथम लोकनृत्य प्रतियोगिताको पुरस्कार एभरेष्ट माविले जितेको छ । ६५ औं स्थापना दिवसको अवसर पारेर बुटवल उपमहानगरपालिकाले आयोजना गरेको २ दिने लोक नृत्य प्रतियोगिताको उपाधिसँगै एभरेष्टले १ लाख रुपैयाँ नगद पुरस्कार समेत जितेको छ ।

Advertisement

४४ वटा विद्यालयमध्येबाट नवीन औद्योगिक मावि दोस्रो हुँदै ६० हजार रुपैयाँ जितेको छ भने न्यू होराइजन मावि र अक्सफोर्ड मावि तृतीय हुँदै नगद २५ हजार रुपैयाँ जितेका छन् । बुधबार प्रतियोगिताको समापनका अवसरमा निर्णायक संयोजक दुर्गा रायमाझीले प्रस्तुत भएका नृत्यहरुमध्ये सबैजसो विद्यालयका प्रस्तुति राम्रा भएको बताउँदै विविध समुदाय र क्षेत्रका नृत्यहरुले नेपालकै विविधता झल्काएको बताए ।

Advertisement

प्रतियोगितामा उत्कृष्ट हुने विद्यालयहरुलाई बिहीबार बुटवल उपमहानगरपालिकाको ६५औ स्थापना दिवसका अवसरमा पुरस्कार प्रदान गरिने लोकनृत्य प्रतियोगिताका संयोजक तथा वडा नं १३ का अध्यक्ष नारायण पुनले बताए ।

नगर प्रमुख खेलराज पाण्डेयले बुटवललाई सबै क्षेत्रमा अब्बल नगर बनाउनका लागि क्षमता विकास तथा क्षमता प्रदर्शन कार्यक्रमहरु आयोजना गरिएको बताए । उनले बुटवलमा खेल क्षेत्रलाई अगाडि बढाउनका लागि विद्यालयस्तरीय फुटबल प्रतियोगिता सम्पन्न भइसकेको र आगामी दिनमा अन्य प्रतियोगिताहरु सञ्चालन गर्ने तयारी गरिरहेको बताए ।

उनले बुटवललाई लोकसंस्कृति संरक्षण तथा प्रवद्र्धनमा अग्रस्थानमा राख्नका लागि प्रतियोगिता आयोजना गरेको बताए । उनले लोकसंस्कृतिको जगेर्ना तथा विद्यालयस्तरबाटै क्षमता विकासको कार्यक्रमअन्तर्गत लोकनृत्य प्रतियोगिता आयोजना गरेको बताए । लोकनृत्य प्रतियोगितामा बुटवलका ४४ विद्यालय सहभागी थिए ।