May 17, 2024, Friday
४ जेष्ठ २०८१, शुक्रबार

हामीलाई जनताको निराशा चिर्नु छ: थापा

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले जनताको कुरा सुन्न आफूले संवाद यात्रा सुरु गरेको बताएका छन्।

Advertisement

शनिवार बिहान यात्राको सुरुवात गर्दै उनले जनताबाट उठेको पार्टी भएकाले झापाबाट ‘संवाद यात्रा’ सुरु गरेको बताए।

Advertisement

उनले भने, ‘यात्रामा कृष्ण दाइ सँगै हुनुहुन्छ। विश्व दाइ हुनुहुन्छ। नेपाली कांग्रेस समुदायबाट हुर्केको पार्टी भएकाले समुदायका कुरा सुन्ने योजना बनाएका हौं।’

महामन्त्री थापाले बिहान ८ बजे झापाको भद्रपुरको मेची भन्सारबाट यात्रा सुरु गरेका हुन्।

समुदायमा कांग्रेस अभियानअन्तर्गत यात्रा शुभारम्भ कार्यक्रममा कांग्रेसका अर्का महामन्त्री विश्वप्रकाश शर्मा र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्य प्रदीप पौडेल सहभागी छन्। महामन्त्री थापाको संवाद यात्रामा पनि उनीहरू उपस्थित थिए।

पार्टीका कार्यकर्ता र जनताका गुनासा र सुझाव लिन महामन्त्री थापाले संवाद यात्रा सुरु गरेको नेपाली कांग्रेस झापाले जनाएको छ।

यात्राको सुरुवात गर्दै थापाले जनताको निराशालाई चिर्न यात्रा प्रारम्भ गरेको बताए।

उनले भने, ‘सबैले भन्छन् जनतामा निराशा छ। कसैलाई निराशाबाट फाइदा लिनु छ। तर, हामीलाई जनताको निराशा चिर्नु छ।’

उनले समुदायमा जे समस्या छन् तीबारे छलफल गरेर समाधानका उपाय निकालिने बताए।