May 17, 2024, Friday
४ जेष्ठ २०८१, शुक्रबार

आगो ताप्ने क्रममा जलेर एक बृद्धको मृत्यु

बर्दिया– बर्दियामा आगोले जलेर एकजनाको मृत्यु भएको छ । जिल्लाको बारबर्दिया नगरपालिका–३, मुन्न्नागौढीमा आगो ताप्ने क्रममा जलेर स्थानीय ८० वर्षीय चेतानन्द शर्माको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका एसपी सुधीर शाही आगो ताप्ने क्रममा घाइते भएका शर्मालाई उपचारका लागि जिल्ला अस्पताल पुर्याइएको थियो । तर गम्भीर घाइते उनको जिल्ला अस्पतालमा उपचार सम्भव भएन । त्यसपछि उनलाई नेपालगञ्जस्थित भेरी अस्पताल पुर्‍याइएको थियो ।

बिहीबार बेलुका आगोले पोलेर घाइते भएका उनको शुक्रबार उपचारकै क्रममा भेरी अस्पतालमा मृत्यु भएको हो । बर्दियामा जाडोयाम लागे यता आगो ताप्ने क्रममा आगोले जलेर आठ जनाको मृत्यु भइसकेको छ ।

Advertisement