May 17, 2024, Friday
४ जेष्ठ २०८१, शुक्रबार

मोटरसाइकल दुर्घटना हुँदा पाल्पामा एकजनाको मृत्यु

पाल्पा– मोटरसाइकल दुर्घटना हुँदा पाल्पामा एक जनाको मृत्यु भएको छ । पाल्पाको रम्भा गाउँपालिका–१ भुमरमा मोटरसाइकल दुर्घटना भएको हो । मृत्यु हुनेमा रम्भा गाउँपालिका–१ असर्दी बस्ने २८ वर्षीय हेमन्त जीटी रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता श्रीराम भट्टले बताए ।

पिपलडाँडाबाट हुँगीतर्फ जाँदै गरेको ग १४ प ३७५ नम्बरको मोटरसाइकल आइतबार राति करिब १० बजे कालीगण्डकी करिडोरमा दुर्घटना भएको थियो । मोटरसाइकल कालीगण्डकी नदी किनारमा खसेको छ ।

मोटरसाइकल चालक जीटीको दुर्घटनास्थलमै मृत्यु भएको थियो । उनको शवलाई रामपुर अस्पताल पाल्पा पठाइएको छ ।

Advertisement