May 19, 2024, Sunday
६ जेष्ठ २०८१, आईतवार

लुम्बिनीमा गठबन्धनका उम्मेदवार जिताउन कस्सिए दलहरू

लुम्बिनीमा सत्ता गठबन्धनले राष्ट्रियसभाका साझा उमेदवारलाई जिताउन मतदातालाई अपिल गर्ने निर्णय गरेको छ । कांग्रेस लुम्बिनी प्रदेशको पार्टी कार्यालय भालुबाङमा बसेको बैठकले झक्कुप्रसाद सुवेदी र विष्णुकुमारी सापकोटालाई विजयी गराउन अपिल गर्ने निर्णय गरेको हो ।

Advertisement

बैठकले कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनको संयोजकत्वमा लुम्बिनीका सबै प्रदेश सभापति तथा अध्यक्ष र प्रदेशसभामा प्रतिनिधित्व गर्ने संसदीय दलका नेताहरू सम्मिलित राष्ट्रियसभा निर्वाचन प्रदेश समन्वय समिति गठन पनि गरेको छ ।

Advertisement

यस्तै, बैठकले स्थानीय तहका प्रमुख/उपप्रमुख र जिल्ला नेतृत्वसँग भेटघाटका लागि माघ २ गतेबाट जिल्लामा पुग्ने निर्णय गरेको छ ।

लुम्बिनी प्रदेशमा सत्ता गठबन्धनले झक्कुप्रसाद सुवेदी र विष्णुकुमारी सापकोटालाई राष्ट्रिय सभा निर्वाचनमा उम्मेदवार बनाएको छ ।

सुवेदी नेकपा माओवादी केन्द्रको तर्फबाट र सापकोटा कांग्रेसको तर्फबाट उम्मेदवार बनेका हुन् । एमालेले झपेन्द्र जिसी, तुलासा कुमारी केसीलाई उम्मेदवार बनाएको छ । यस्तै राप्रपाबाट निरनजन थापा र विजयी लक्ष्मी सिंहले उम्मेदवारी दिएका छन् ।