April 23, 2025, Wednesday
२०८२ बैशाख १०

चिकित्सक संघ लुम्बिनी प्रदेशको अध्यक्षमा खरेल

भैरहवा– डा.कृष्ण खरेल नेपाल चिकित्सक संघ लुम्बिनी प्रदेशको अध्यक्षमा निर्वाचित भएका छन् । बुटवलमा भएको अधिवेशनबाट ३ वर्षे कार्यकालका लागि खरेलको अध्यक्षतामा १३ सदस्यीय नयाँ नेतृत्व सर्वसम्मत रूपमा चयन गरिएको हो ।

नवनिर्वाचित समितिको वरिष्ठ उपाध्यक्षमा डा.सन्दीप सुवेदी, उपाध्यक्षमा डा.वर्षा थापा, महासचिवमा डा.प्रकाश बस्नेत, कोषाध्यक्षमा डा.रमेश भट्टराई, सहसचिवमा डा.मोहनलाल तिवारी र सहकोषाध्यक्षमा डा.अमित चतुर्वेदी सर्वसम्मत रूपमा चयन भएको निर्वाचन समितिका संयोजक डा.श्रीधर आचार्यले जानकारी दिए ।

निर्वाचित सदस्यहरूमा डा. रमेश अर्याल, डा.सरोज थापा, डा.मनिष विश्वकर्मा, डा.राजेन्द्र बस्याल, डा.सदीक्षा चापागाईं र डा.आकाश शाही रहेका छन् । संघको लुम्बिनी शाखामा ५ सय चिकित्सक आबद्ध छन् । चिकित्सक संघमा देशभरका ३५ हजार आबद्ध छन् । डा.खरेल प्रजातन्त्रवादी चिकित्सक संघ लुम्बिनीको पनि अध्यक्ष हुन्। चिकित्सा क्षेत्रमा पछिल्लो समय बढेको विकृतिविरुद्ध संघले काम गर्ने उनले बताए।