May 19, 2024, Sunday
६ जेष्ठ २०८१, आईतवार

राष्ट्रिय सभा निर्वाचनका लागि माओवादीले लगायो उम्मेदवारको टुंगो

नेकपा माओवादी केन्द्रले गठबन्धनबाट भाग पाएअनुसार राष्ट्रिय सभाका ६ वटै सिटमा उम्मेदवारको नाम टुंगो लगाएको छ। आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पदाधिकारी बैठकले उम्मेदवार टुंगो लगाएको हो ।

माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलका अनुसार कोशीबाट महिला कोटामा चम्मादेवी कार्की उम्मेदवार बन्दा बागमतीमा अन्यतर्फ श्रीकृष्ण अधिकारी र गण्डकीमा महिलातर्फ मनरूपा शर्मा उम्मेदवार चयन भएका छन् ।  यस्तै लुम्बिनीमा अन्यबाट झक्कु सुवेदी, कर्णालीमा दलित तर्फबाट विष्णु विश्वकर्मा र सुदूरपश्चिममा महिला कोटामा रेणु चन्दको नाम टुंगो लागेको पौडेलले जानकारी दिए । 

राष्ट्रिय सभामा रिक्त हुने  २० मध्ये १९ पदका सोमबार मनोनयन दर्ता हुँदैछ । निर्वाचन भने माघ ११ गते हुनेछ । 

Advertisement