May 19, 2024, Sunday
६ जेष्ठ २०८१, आईतवार

राष्ट्रियसभा निर्वाचनका लागि गठबन्धनमा लाग्यो सिटको टुंगो, कुन दलको कति सिट ?

राष्ट्रियसभा निर्वाचनका लागि सत्ता गठबन्धनमा सिटको टुंगो लागेको छ।

Advertisement

आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले राष्ट्रियसभाका १९ सिटमा भागबण्डा टुंगो लगाएको हो।

Advertisement

बैठकले नेपाली कांग्रेसले १०, नेकपा माओवादी केन्द्रले ६, एकीकृत समाजवादीले २ र १ सिट जसपाले लिने गरी सिटको टुंगो लगाएको कांग्रेसका नेता रमेश लेखकले जानकारी दिएका छन्।

पाँच सिटको दाबी गर्दै तीनमा झरेको एकीकृत समाजवादीले दुई सिटमा नै चित्त बुझाएको छ। समाजवादीले बागमती र गण्डकी प्रदेशमा उम्मेदवारी दिने पक्का भएको छ।

राष्ट्रियसभाको मतदान माघ ११ गते हुँदैछ। त्यसका लागि सोमबार मनोनयन दर्ता हुँदैछ। जसको लागि आज मतदाताको अन्तिम नामावली प्रकाशन हुँदैछ।