April 22, 2025, Tuesday
२०८२ बैशाख ९

हिजो गठबन्धन धरापमा पर्यो भन्नेहरू आज एमालेसँग मिल्दैछन्ः कोइराला

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले हिजो आफूहरूले कोशी प्रदेशमा नेकपा एमालेसँग सहकार्य गर्दा विरोध गर्नेहरू नै आज राष्ट्रियसभा निर्वाचनमा एमालेसँग मिल्न खोजेको बताएका छन् । कोशी प्रदेशमा एमालेसँग सहकार्य गर्दा गठबन्धन धरापमा परेको भन्नेहरू नै आज एमालेसँग  सहकार्य गर्न लागेको उनको आरोप छ । 

उनले भनेका छन् –’हिजो कोशीमा एमालेको सहयोगमा सरकार बनाउँदा केन्द्रको गठबन्धन नै धरापमा पर्यो भनेर रोइलो गर्नेहरू नै आज राष्ट्रिय सभा निर्वाचनमा एमालेसँग मिल्न थालेछन् । कारण स्पष्ट छः सत्ता गठबन्धनका कुनै दललाई टिआरसी विधेयकमा र कुनै दललाई विभिन्न काण्डबाट बच्न एमालेको साथ चाहिएको छ । ‘

साथै उनले प्रमुख प्रतिपक्षी दल भएर पनि सरकारसँग भाग खोजेकोमा एमालेको समेत आलोचना गरेका छन् ।