April 23, 2025, Wednesday
२०८२ बैशाख १०

स्कार्पियोको ठक्करबाट नेपालगञ्जमा दुईजनाको मृत्यु

बाँके– स्कार्पियोको ठक्करबाट नेपालगञ्जमा दुईजनाको मृत्यु भएको छ। सु प्र प्र ०१–००१ प ३४६४ नम्बरको स्कार्पियोले ठक्कर दिँदा पैदलयात्री नेपालगञ्जका २४ वर्षीया आस्था शाह र परिचय नखुलेका युवकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

अर्की २५ वर्षीया सहाना शाह घाइते भएकी छन्। उनको बायाँ खुट्टा भाँचिएको छ। गएराति नयाँ वर्ष मनाएर फर्किने क्रममा १२ः४३ बजे नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १८, कारकादोमा स्कार्पियोले पैदलयात्रीलाई ठक्कर दिएर दुर्घटना भएको थियो।

दुर्घटनाको बारेमा प्रहरीले अनुसन्धान गरिरहेको छ।