April 22, 2025, Tuesday
२०८२ बैशाख ९

बर्दियाबाट भ्रमणमा आउँदै गरेको बस दुर्घटना, २० घाइते

दाङ– दाङमा बस दुर्घटना हुँदा २० जनाभन्दा बढी यात्रु घाइते भएका छन्। बर्दियाबाट दाङको चखौरा भ्रमणमा जाँदै गर्दा भे १ ख २०४१ नम्बरको बस तुलसीपुर उपमहानगरपालिका–१३, भञ्ज्याङ् नजिक ब्रेक फेल भएर दुर्घटना भएको इलाका प्रहरी कार्यालय, तुलसीपुरका डिएसपी ठाकुरप्रसाद पोख्रेलले बताए ।

पोख्रेलका अनुसार घाइतेहरू खतरामुक्त रहेको र उनीहरूको राप्ती प्रादेशिक अस्पताल, तुलसीपुरमा उपचार भइरहेको छ।

Advertisement

बर्दियाको बढौयाताल गाउँपालिका(६ को कृषक समूहका सदस्य दाङ भ्रमणमा आउँदै थिए।

बसमा ४०४५ जना सवार रहेको र केही घाइतेहरूलाई उपचारको लागि बाँके लगिएको छ।