April 23, 2025, Wednesday
२०८२ बैशाख १०

सरकारले दोहोरो चरित्र देखायो, सह्य हुँदैनः विप्लव

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द (विप्लव)ले सरकारको दोहोरो चरित्र सह्य नहुने चेतावनी दिएका छन् । आफूहरूसँग सहमति र घेराबन्दी गर्ने दोहोरो चरित्र सह्य नहुने उनको भनाइ छ । 

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधबार बिहान बसेको समाजवादी मोर्चाको बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले बैठकमा देशको परिस्थिति, समाजवादी मोर्चा, आगामी कामको बारेमा छलफल सुरु भएको बताए । चन्दलाई अदालतबाट पक्राउपुर्जी जारी गरिएको छ । उनले सरकारसँगको सहमति र अदालतको पक्राउपुर्जीबारे समाजवादी मोर्चामा ध्यानाकर्षण गराएको बताए । 

नेता चन्दले समाजवादी मोर्चाको बैठक आज साँझ ६ बजे पुनः बालुवाटारमा बस्ने जानकारी दिए ।