आमाछोरा मृत फेला

- पब्लिक कुरा
- २०८० पुष ९
- 1.4K Shares

दाङ- प्युठानको झिमरुक गाउँपालिका- ३ स्थित पिप्लारुख भन्ने स्थानमा आमा छोरा जङ्गलमा मृत फेला परेका छन्। ३४ वर्षीया विष्णा खड्का र उनका २१ वर्षीय छोरा विशाल खड्का मृत अवस्थामा भेटिएका हुन् ।
घरदेखि करिब डेस सय मिटर नजिक जङ्गलको काफलको एउटै बोटमा आमा छोरा झुन्डिएको अवस्थामा फेला परेको झिमरुक गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष मीनबहादुर केसीले जानकारी दिए ।
घटनास्थलमा प्रहरी पुगेको छ । अहिले प्रहरीले स्थानीयको रोहवरमा मुचुल्का उठाउने काम भैरहेको वडा अध्यक्ष केसीले बताए ।
मृतक विष्णाका श्रीमान् मजदुरीका लागि भारतमा छन् । घटना बारे अनुसन्धान भैरहेको प्रहरीले बताएको छ ।
- विद्युत् प्रशारण लाइन निर्माण अलपत्र, लुम्बिनीका सभामुखद्वारा पहलकदमी
- ‘पत्रकार आक्रमण प्रयासमा संलग्नलाई तत्काल कारबाही गर’
- ‘भैरहवामा नियमित अन्तर्राष्ट्रिय उडानका लागि पुनः दवावमूलक कार्यक्रमको आवश्यकता’
- दानव नदीमा डुबेका तीनैजनाको शव फेला
- घनश्याम भुसाल भन्छन्– माओवादी सत्ताको लोभबाट बाहिर आउन सकेन
- रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिटमा कारण देखाउ आदेश
- प्रधानमन्त्रीले शिक्षकहरूको अपमान गर्नुभयोः प्रचण्ड
- पत्रकार विश्वकर्मामाथि आक्रमणका विषयमा राष्ट्रिय मानव अधिकार आयोगको चासो
- ‘प्रहरीकै मिलेमतोमा पत्रकारलाई आक्रमण प्रयास गर्ने यादवलाई भगाइयो’
- मर्चवार आएर कृषिमन्त्री अधिकारीले भने- मल र सिंचाई अभाव हटाउन लागिपर्छु
प्रतिकृया दिनुहोस्