May 2, 2024, Thursday
२० बैशाख २०८१, बिहीबार

एमाले कोशी प्रदेश अध्यक्षमा खतिवडा निर्वाचित

नेकपा एमाले कोशी प्रदेशको प्रथम अधिवेशनबाट अध्यक्षमा घनश्याम खतिवडा निर्वाचित भएका छन्। उनले विनोद ढकाललाई ८२ मतको अन्तरले पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका हुन्।

Advertisement

निर्वाचनमा ९७७ मत खसेकोमध्ये खतिवडाले कुल ५१२ मत हासिल गरेका हुन्। ढकालले ४३० मत प्राप्त गरे।

Advertisement

निर्वाचनमा प्रदेश कमिटी उपाध्यक्षमा एकल उम्मेदवारीमा रहेका धनकुटाका टीकाराम चेम्जोङ निर्विरोध चयन भए।

सचिवतर्फ पाँचथरका राजकुमार भण्डारी ५२४ मतसहित विजयी भए। उनी खतिवडातर्फबाट प्रतिस्पर्धामा थिए। उनको प्रतिस्पर्धीमा उदयपुरका शैलेश लामा ३८१ मतमा रहे।

कमिटीको दुई उपसचिवमा झापाकी जलवर्षा राजवंशी ६२८ मत र खोटाङका देवान राई ६१० मत ल्याएर निर्वाचित भएका छन्। उपसचिवका अर्का उम्मेदवार मोरङका खेम नेपालीले ३९८ मतमा सीमित भए। नेपाली यसअघि राष्ट्रियसभा सदस्य थिए।

प्रथम अधिवेशनमा प्यानलसहित खतिवडा र ढकाल निर्वाचनमा होमिएका थिए। जसमा निर्वाचित पदाधिकारी सबै खतिवडा समूहका हुन्।

अधिवेशनमा ९९७ जना प्रतिनिधिमध्ये ९७७ जनाले मतदान गरेका थिए। २१५ सदस्यीय प्रदेश कमिटीमा १४२ पदका लागि निर्वाचन भएको थियो, जसमा ७३ जना निर्विरोध भएका थिए।

निर्वाचनमा ३१८ जना उम्मेदवार प्रतिस्पर्धामा रहेको निर्वाचन कमिटीले जनाएको छ।