July 11, 2026, Saturday
२०८३ असार २८ आईतवार

सरकारकै डिजाइनमा सुन तस्करीको धन्दा चल्योः महासचिव पोखरेल

नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले सुनको धन्दा सरकारले नै गर्छ भन्ने कुरा प्रस्ट भएको बताएका छन् । आज वीरेन्द्रनगरमा पत्रकारसँग अन्तरक्रिया‌ कार्यक्रममा उनले सरकारकै डिजाइनमा सुन तस्करीको धन्दा चलेको आरोप लगाए । 

Advertisement

उनले भने, ‘अहिलेको सरकारले जे गरिरहेको छ यसरी देश चल्छ ? ललिता निवासको‌ अनुसन्धान हेर्दा यसलाई कसरी सुशासनका लागेको सरकार भन्ने ? यी सबै काम सरकारकै डिजाइनमा भएकोले एमालेले संसद् अवरुद्ध गरेको हो ।’ 

Advertisement

नक्कली भुटानी शरणार्थी प्रकरण पनि सरकारको चाहनाले भन्दा पनि अमेरिकन दबाबले अघि  बढेको पोखरेलले बताए । यस प्रकरणमा पनि निष्पक्ष छानबिन हुन नसकेको उनको आरोप छ । 

ललिता निवास प्रकरणको घरमा मुछिएकाहरूलाई घर-घरमा गएर अनुसन्धान तथा बयान लिएकोमा पनि उनले सीआइबीको आलोचना गरे । सरकारले सुशासनको गफ हाँके पनि निष्पक्ष रूपमा काम गर्न नसकेको उनको भनाइ थियो ।